काेहलपुुरमा ११ नं. वडा कार्यालय भवनकाे शिलान्यास

काेहलपुर। काेहलपुरको नगरपालिकाकाे वडा नं. ११को कार्यालय भवन निर्माण सुरु भएको छ ।

सोमबार बिहान काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा ले संयुक्तरुपमा वडा भवनको शिलान्यास गरेका हुन् ।
करिव ७४ लाखकाे लागत अनुमानमा निर्माण हुने वडा भवनमा ४ काेठा र एक हल रहने नगरपालिकाका सब इन्जिनियर महादेव जाेशीले जानकारी दिए।

इलाका प्रसाशन कार्यालय काेहलपुरकाे पुर्वपट्टी निर्माण शुरु गरिएकाे उक्त भवनकाे डिजाइन तथा लागत अनुमान सब इन्जिनियर जोशीले गरेका हुन।

वडा भवन निर्माणका लागि जय दुर्गे महाकाली निर्माण सेवाले ५५ लाखमा कार्य सम्पन्न गर्न कबोल गरेको छ । यसको निर्माणकार्य २०७७ साल चैत्र मसान्त भित्र सक्नुपर्ने छ।


ताजा समाचार

error: Content is protected !!