काेहलपुरमा बन्ने भयाे १५ शैयाको सरकारी अस्पताल

 

काेहलपुुर

बाँकेको काेहलपुरमा १५ शैयाको अस्पताल भवनको शिलन्यास भएको छ ।
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज, लुम्बिनी प्रदेश भुमिसुधार तथा कृषि मन्त्री आरती पाैडेल र काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सोमबार अस्पताल भवनको शिलान्यास गरेका हुन।
काेहलपुर–११ मा रहेकाे स्वास्थ्य चाैकीकाे पछाडी उक्त अस्पताल बनाइने भएकाे छ । संघीय सरकारको १८ करोड ६८ लाख २० हजार रुपैयाँको लागतमा अस्पताल निर्माण हुने काेहलपुर नगरपालिकाका सब – इन्जिनियर महादेव जाेशीले जानकारी दिए । अस्पताल २ बर्ष भित्र निर्माण सम्मन्न गर्ने लक्ष्य राखियकाे छ।
कार्यक्रममा संघिय सांसद अथकले अस्पताल समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे। सांसद अथकले अस्पताल निर्माणकाे क्रममा आर्थिक अभाव हुन नदिने प्रतिबद्दता ब्यक्त गरे।


कार्यक्रममा लुम्बिनी प्रदेश भुमिसुधार तथा कृषि मन्त्री आरती पाैडेलले प्रदेश सरकारले जनताकाे स्वास्थ्यकाे बारेमा संबेदनसिल रहेकाे बताइन।


शिलान्यास कार्यक्रमा काेहलपुर नगर प्रमुख लुट बहादुर रावत, उप प्रमुख सन्जु कुमारी थारु लगायतले आ आफ्नाे भनाई राखेका थिए।


ताजा समाचार

error: Content is protected !!