काेहलपुरमा गणित शिक्षकका लागि कार्यशाला हुदै

काेहलपुर

काेहलपुरमा गणित बिषयका शिक्षकका लागि कार्यशाला हुने भयकाे छ।
काेहलपुर स्थित जनज्ञान ज्याेति माध्यमिक विद्यालयमा मंगलवार बसेकाे गणित बिषय सिकाई समितिकाे बैठकले अागामी पुस १० गतेभित्र गणित बिषयकाे नगर स्तरीय कार्यशाला गर्ने निर्णय भयकाे समितिका सह- संयाेजक बिनाेद भट्टराईले जानकारी दिए।


बैठका सहभागीहरुले गणित विषय अन्य विषयभन्दा भिन्न र धेरै विद्यार्थीले समस्याकाे रुपमा लिने गरेकाे भन्दै गणित विषय पढाउने शिक्षकलाई पनि समय समयमा पुनर्ताजकी तालिम दिनुपर्नेमा जाेड दिए। गणित विषय सिकाई केन्द्रका प्र.अ. एकदेव पन्थीले गणित विषय सामान्य विषय जस्ताे विद्यार्थीले सजिलै नबुझ्ने भयकाले यसमा पढाउने बिधिका बारेमा शिक्षकबिच पनि बेला बेलामा अनुभव साटासाट गर्नुपर्नेमा जाेड दिए।
बैठकमा शिक्षक महासंघ काेहलपुरका अध्यक्ष तथा गणित सिकाई समितिका सल्लाहकार राम प्रसाद चापागाईले गणित विषयका शिक्षकहरु अाधुनिक बिधिमा पनि जानकार हुनुपर्नेमा जाेड दिए।
काेहलपुर नगरपालिका नगर शिक्षा शाखाले काेहलपुरका विभिन्न ५ वटा माध्यमिक विद्यालयलाई विषयगत सिकाई केन्द्रका रुपमा ताेकेकाे छ। जसअनुसार गणित विषयकाे सिकाई केन्द्रजनज्ञान ज्याेति ,काैशिलानगर, बिज्ञानकाे ज्ञानज्याेति मा बि चप्परगाैडी, अंग्रेजी विषयकाे राम मा वि हवल्दारपुर, नेपाली विषयकाे लक्ष्मी मा वि, बर्दहवा र सामाजिक विषयकाे सिकाई केन्द्रकाे रुपमा जनता मा वि मैटहवालाई ताेकेकाे छ।

सम्बन्धित समाचार