जन्मदिनको शुभकामना छोरी

मनु अधिकारी

आमा ,हजुरको मायाको मुल्यांकन बल्ल पो हुन थालेकोको छ ! थाहा छ आमा म कति जिम्मेवार बनी सकेछु ।कल्पना गर्न सक्छु आमा म जन्मिदाको त्यो समय, त्यो भुगोल,त्यो समाज, अनि महसुस गर्न सक्छु मलाइ यो संसार देखाउनकै लागि हजुरले सहन परेको त्यो असैय पीडा र कष्ट !अझै धेरै महसुस गर्न सक्छु हजुरले मलाइ जन्माइसके पछि कैयौं आफन्तहरुका आशाहरु निराशामा परिबर्तन भएका थिय होलान् जसको मन मस्तिष्क अनि चेतनामा छोरा मात्रै सन्तान हुन हुन भन्ने भ्रमको जालोले गतिलै सङग घेरा हालेको थियो।
म चिसो भएर आउँछ बिचरी आमाको कहाली लाग्दो यथार्थ सुन्दा र महसुस गर्दा ।एउटि नारिको मुठ्ठी भित्र काहा हुन्छ र कि आफ्नो सन्तान को रुपमा छोरा जन्माउनु कि छोरी छोरी जन्माउनु भनेर । कति गाह्रो भयो होला यस्तो कठोर व्यवहार सहन म मेरि आमाको भोगाइ सम्झेरै भन्ने गर्छु साच्चिकै महान हुन नारी जिवनका हरेक संघर्षलाइ एउटा सिढिको रुपमा लिएकी हुन्छिन ।कति जटिल छ एउटा नारिको जीवन जिउने सिलसिला आफ्ना सबै आफन्त नाता गोताहरु छोडेर पराइका आफन्तहरुलाइ आफ्नै बनाउनु पर्ने ।आज आफ्नै भोगाइले पनि यहि भन्दै छ कुनै पनि आमाको लागि एउटा सन्तान को माया भन्दा ठूलो अरु केइ हुनै सक्दैन। हो म पनि एउटि नारी हु अनि यो संसारकै सबै भन्दा महान र ममताकी खानी आमा मध्यकी एउटि आमा पनि ।अचम्म लाग्छ यिनै नारिको अपमान भएका खबर सुन्दा ! बाध्यात्मक परिस्थिति कति पय नारी हरुले आफू नारी भएकै कारण हिनताबोध गरिरहेका बेला मलाइ भने एक नारी हुनुमा गर्व छ ।अझै बढी गर्व त यसैमा छ कि आज भन्दा ठिक तीन बर्ष पहिले,आजकै दिन मैले आफ्नो पहिलो सन्तानको रुपमा छोरी लाई जन्मदिदै गर्दा यो संसारमा एउटि अर्कि आमा थपिइन र मैले मेरि आमाको पीडा महसुस गर्ने मौका पाँए ।कृतज्ञता एवंम आभार प्रकट गर्न चाहान्छु मेरि माहान आमालाइ सङ्गै जन्मदिनको धेरै धेरै सुभकामना सहितको आशिर्वाद छोरी ।

सम्बन्धित समाचार