चिसाे बढेपछि काेहलपुरका तीन दिन विद्यालय बन्द

काेहलपुर – अत्याधिक चिसो बढेको भन्दै काेहलपुर नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ ।


काेहलपुर नगर शिक्षा शाखामा शिक्षक महासंघ, काेहलपुरमा क्रियाशिल शिक्षकका पेशागत घटक प्याब्सन तथा एन प्याब्सनका प्रतिनिधिसहितकाे बैठकले यही माघ १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेकाे काेहलपुर नगर शिक्षा शाखाका अधिकृत शिला गाैतमले जानकारी दिइन। माैसमकाे अवस्थालाई हेरेर चिसाे कम नभएमा शिक्षा शाखाले आबश्यक निर्णय गर्ने निर्णय भयकाे अधिकृत गाैतमले जानकारी दिइन।

 

सम्बन्धित समाचार