मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पाैडेल

काेहलपुर,


नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन मल्टिमिडिया प्रा.लि.का प्रबन्धक, मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो. वहाव खाँलाई चयन गरिएको हो। यस्तै संघको सदस्यहरुमा हरिप्रसाद ज्ञवाली,मिना ढकाल,ढकबहादुर थारु,दुर्गा प्रसाद रेग्मी र सुवास ठठरे रहेका छन् ।यसैगरी आज बसेको जिल्ला भेलाले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्र विक्रम शाह,मिना सुवेदी ढकाल,ज्योतिलाल भण्डारी,चण्डीप्रसाद गैरै र कुशुम बस्नेत रहेका छन् । अध्यक्ष पौडेलले छरिएर रहेका मुद्रण व्यवसायीहरुलाई पेसागत रुपमा एकताबद्ध गर्दै संघ अघि बढ्ने बताएका छन् । उनका अनुसार बाँकेका सम्पूर्ण व्यवसायीका हकहितका पक्षमा संघले काम गर्ने बताए ।


ताजा समाचार

error: Content is protected !!