दृष्टिविहीनसंग मनाइन संगिताले आफ्नाे जन्मदिन

समाजसेवी तथा काेहलपुर उधाेग व्यापार संघकाे वाणिज्य तर्फका उपाध्यक्षका उमेदवार संगिता सुवेदी गत बर्षहरु झै यस बर्ष पनि आफ्नाे जन्मदिन दृष्टिविहिन विद्यार्थीहरुसँग मनाएकी हुन् । सुबेदीले त्रिभुवन मध्यमिक विद्यालय काेहलपुरका दृष्टिविहिन बालबालिकासंग आफ्नाे जन्मदिन मनाएकी हुन् । विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफुलाई आृृृ नन्द लागेकाे बताइन। साथै उनले जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर बालबालिकाहरुसँगै रमाएर जन्मदिन मनाएको र अरुलाई पनि फजुल खर्च नगरि सामाजिक कार्यमा खर्च गर्न आग्रह गरिन ।साे अवसरमा दृष्टिविहिन बालबालिकाहरुले गित, विभिन्न नेताहरुको आवाजबाट जन्मदिनको शुभकामना दिएका थिए । साथै उनीहरुले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा बिजय हासिल हुने भन्दै अग्रिम शुभकामना समेत व्यक्त गरेका थिए । जन्मदिनको अवसरमा सुवेदीले ले हरेक वर्ष विद्यालयका बालबालिकासँगै जन्मदिन मनाउँदै आएकी छिन् । सामाजसेवालाई आफ्नो धर्म मान्ने सुवेदीले आफ्नो प्रत्येक वर्षको जन्म दिनमा दृष्टिबिहिन ,बृद्ध बृद्धा,अनाथ बालबालिकाहरुलाई सहयाेग गर्दै आइरहेकी छन।

कोहलपुरमा २० वर्षदेखि कपडा व्यवसाय गर्दै आईरहेकी सुवेदी व्यवसायिक जीवनसँग सँगै उनी सामाजिक कार्य र समाजसेवामा अग्रसर हुँदै विभिन्न संघसंस्थाहरुमा आवद्ध भई सफल नेतृत्व प्रदान समेत गरिसकेकी छिन् । सुवेदी कोहलपुर जेसीज वर्ष २०१९ को अध्यक्ष जस्तो पदमा रहि उनले जेसीजमा आवद्ध यूवाहरुलाई सफल नेतृत्व प्रदान गरेकी हुन् । त्यस्तै उनी लायन्स क्लब अफ कोहलपुर कस्तुरीको अध्यक्ष भई विभिन्न सामाजिक कार्यहरु गरिरहेकी छिन् । समाजमा बढिरहेका हत्या हिंसाका विरुद्ध उनीले अग्रमोर्चामा रहेर नेतृत्वदायि भूमिका खेल्दै आएकी छिन् । सुवेदीले निर्मला पन्त बलात्कार पछिको हत्याकाण्ड र भागरथी भट्टको बलात्कार पछि हत्याको घटनाका दोषिलाई कारवाहीको माग गर्दै आन्दोलनको नेतृत्व समेत प्रदान गरेकी छिन् । सुवेदीले नेपालमा आएका विभिन्न खाले प्राकृतिक विपद्का समयमा पनि विभिन्न सहयोग गर्दै आएकी छिन् । कोरोना भाईरसको महामारी पछि सरकारले जारी गरेको लकडाउनका बिचमा कोहलपुर नगरपालिका भित्रका १५ वटै वडामा लकडाउनको समयमा सुत्केरी भएका महिलाहरुलाई अण्डा, ध्यू, नुन, तेल लगायत अन्य पौष्टिक खानेकुराहरु उनले उपलब्ध गराएकी हुन् । प्राकृतिक विपद्को सारथी बनेकी वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार सुवेदी जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको सदस्य समेत भई आफ्नो जिम्मेवारी निर्वाह गरिहेकी छिन् । यसका साथै उनी नेपाल रेडक्रस सोसाईटी उप–शाखा कोहलपुरकी विशिष्ट सदस्य समेत रहेकी छिन् । समाज रुपान्तरण अभियानमा जोडिएकी सुवेदीले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफुलाई वाणिज्य तर्फको उपाध्यक्ष पदमा निर्वाचित गरिदिन व्यवसायीहरुसँग आग्रह गरेकी छिन् ।


ताजा समाचार

error: Content is protected !!