काेहलपुर ब्यापार संघकाे चुनावमा अन्तर्घातकाे चिन्ता

बिनाेद भट्टराई
यतिबेला काेहलपुर उद्योग वाणिज्य संघ चुनावी चटारोमा छ । यही फाल्गुन २२ गते हुन गइरहेको निर्वाचन मार्फत नयाँ कार्यसमितिले संघको नेतृत्व लिने छ । चुनावी मैदानका उम्मेदवारहरु अलग–अलग २ प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् ।

यसपटकको निर्वाचनमा काेहलपुर ब्यापार संघका पुर्व महासचिव विष्णु खनाल र पुर्व उप महासचिव लक्ष्मणराज पाैडेल अध्यक्ष पदको लागि चुनावी भिडन्तमा छन् । कम्युनिष्ट निकट साझा समावेशी प्यानलकाे नेतृत्व विष्णु खनालले गरेका छन भने काग्रेश निकट लाेकतान्त्रिक समावेशी प्यानलकाे नेतृत्व लक्ष्मणराज पाैडेलले गरेका छन।
दुबै प्यानलले ब्यवशायीकाे हकहितकाे लागि आफ्नाे प्यानललाई जिताउन आग्रह गरेका छन। अहिले प्यानलगत र ब्यक्तिगत रुपमा उमेदवारहरु प्रचारप्रचारमा ब्यस्त छन।आफुलाई जिताए ब्यापारीहरुका सबै समस्या समाधान गर्ने दावी उनिहरुकाे छ ।
निर्वाचनमा मतदान गर्ने दिन नजिकिदै गर्दा आफ्नै टिमबाट अन्तर्घात हुनसक्ने भन्दै उमेदवारहरु चिन्तित देखिन्छन।नेकपा फुटेकाे अवस्थामा अर्काे टिमका उमेदवारहरुलाई अन्तर्घात हुनसक्ने भन्दै उमेदवारहरु शसङ्कित देखिन्छन।
अहिले नेकपा फुटे पनि ब्यापार संघकाे निर्वाचनमा भने दुबै नेकपा एकठाउमा देखिएका छन। बाहिरी रुपमा एक देखिय पनि अान्तरिक रुपमा भने फरक गुटकालाई असयाेग हुन सक्ने भन्दै स्वमं उमेदवार पनि चिन्तित छन। नेकपा माधव/ प्रचण्ड समुहका अध्यक्ष बसन्ति अधिकारीले काेहलपुर व्यापार संघकाे निर्वाचनमा अाफ्नाे समुहका मतदाता बाट अन्तर्घात नहुने ठाेकुवा गरिन।अध्यक्ष अधिकारीले भनिन,-” अहिलेकाे निर्वाचनमा मैले अन्तर्घातकाे कल्पना समेत गरेकी छैन।” अध्यक्ष अधिकारीले नेकपाका ब्यापारीहरु एक भएर निर्वाचनमा लागेकाे बताइन।

यसैगरी नेकपा केपी समुहका काेहलपुर नगर अध्यक्ष खिल प्रसाद भुषालले अनेत्र जे सुकै भए पनि काेहलपुरमा ब्यापारीहरु एक भएकाे बताए।उनले भने-‘ पार्टीको निर्देशन बिपरित जानेलाई कारवाही गर्छाै।’
यसैगरी लाेकतान्त्रिक समावेशी प्यानलमा पनि मत क्रसिङ्ग हुनसक्ने काेहलपुरका ब्यापारिहरु अाकलन गरेका छन।काग्रेसमा पनि देउवा गुट र रामचन्द्र गुटकाे प्रभाव बाँकेमा रहेकाे छ। पार्टिभित्रकाे गुठकाे प्रभाव व्यपार संघकाे चुनावमा नपर्ने नेपाली काग्रेस महासमिति सदस्य नारायण प्रसाद गाैडेलकाे भनाई छ।महासमिति सदस्य गाैडेलले लाेकतान्त्रिक प्यानलका ब्यापारीहरु एक भएर ब्यापारसंघकाे निर्वाचनमा लागेकाे दावी गरे।


ताजा समाचार

error: Content is protected !!