क्रिसा र शिक्षक महासंघबिच भएकाे मैत्रिपूर्ण भलिबल खेलमा महासंघ बिजयी

मैत्रिपुर्ण खेलमा सहभागी

बाँकेको कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाको १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ । क्रिसाको टिम र नेपाल शिक्षक महासंघ,काेहलपुर नगर समिति बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा शिक्षक महासंघकाे टिम २-१ ले बिजयी भएको छ । क्रिसाअध्यक्ष शिव डाँगी र महासंघका काेहलपुर नगर अध्यक्ष रामप्रसाद चाँपागाईले आ आफ्नाे टिककाे नेतृत्व गरेका थिए। बिजयी टिमलाई क्रिसाका सल्लहाकार केशर बहादुर आलेले एउटा खसी उपलब्ध गराउने घोषण गरेका थिए ।क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगीले शिक्षक र क्रिसा बिचको आत्मियतालाई कायम गर्नका लागि मैत्रिपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

सम्बन्धित समाचार