बर्दिया पाेखरा सम्पर्क समाजकाे भित्तेपात्राे विमोचन तथा शुभकामना आदानप्रदान

पोखरा । बर्दिया पोखरा सम्पर्क समाजले विसं. २०७८ सालको भित्रेपात्रो विमोचन गरेको छ । पोखरामा आयोजिता उक्त कार्यक्रममा बर्दिया बासगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीको उपस्थितीमा भित्रेपात्रो विमोचन तथा नव वर्षको शुभकामना आदानप्रदान गरिएको हो ।
बर्दियाबाट पोखरा आई विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकाहरुलाई गोलबद्ध गर्दै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको समाजले दोस्रोपटक आफ्नो भित्रेपात्रो सार्वजनिक गरेको हो ।
कार्यक्रममा बासगढी नगरपालिकाका मेयर अधिकारीले समाजले उद्देश्य अनुरुप नै गतिविधि सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे । बर्दियाका पर्यटकीय क्षेत्रहरुको उन्नयनका लागि समाजले खेलेको भूमिकालाई उनले प्रशंसा व्यक्त गरे ।
दुई फरक भूगोल बीचको आत्मियतालाई जोड्न समाजले आगामि दिनमा सिर्जनशील कार्य गर्दै जाने समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले बताए ।
कोरोना महामारीको बेला समाजले उद्धार तथा राहत वितरणमा देखाएको सक्रियताले समाजको अझ महत्व बढेको सहभागीहरुको भनाई थियो । समाजलाई सशक्त र सबै सदस्यहरुको अपनत्व हुने खालको बनाउन लागि परेको अध्यक्ष प्रदीप पौडेलले सुनाए।

सम्बन्धित समाचार