ज्ञान ज्याेति बगियाकाे अध्यक्षमा बाेहरा


काेहलपुरमा रहेकाे ज्ञानज्याेति माध्यमिक विद्यालय बगियाकाे व्यवस्थापन समितिको अध्यक्षमा देविलाल बाेहाेरा चयन भएका छन। साेमबार भएको अभिभावक भेलाले बाेहरा सहित मनाेज सार्की, पुष्पा शाही र मनिषा बि. क.लाई बि. ब्य. स. काे सदस्यमा चयन गरेको थियाे ।
साेमबार नै अभिभावकबाट चयन चयका सदस्यहरुकाे बैठकले बिजुला अधिकारी र रामलाल थारुलाई सदस्यमा मनाेनित गरेकाे बिद्यालयका प्रधानाध्यापक गाेबिन्दराज श्रेष्ठले जानकारी दिए।
साेमबारनै बसेकाे बि. ब्य. स. काे बैठकले बाेहरालाई अध्यक्षमा चयन गरेकाे थियाे।
अभिभावक भेलामा काेहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले बजारकाे केद्रमा भएर पनि बिद्यालय भाैतिक रुपमा पछि परेकाे भन्दै बिद्यालयकाे भाैतिक तथा गुणात्मक बिकासमा अाफु लागि परेकाे बताए।काेहलपुर शिक्षा शाखाका अधिकृत शिला गाैतमले विद्यालयकाे बिकासमा नगर शिक्षाले विशेष ध्यान दिएकाे बताइन।
विधालयका शिक्षक गाेमा चालिसेले नयाँ अायकाे बि ब्य स ले विद्यालयकाे विकासमा विशेष ध्यान दिनुपर्नेमा जाेड दिइन।
यस्तै अभिभावक भेलाले वीर बहादुर शाहीकाे अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेकाे छ।

सम्बन्धित समाचार