काेहलपुर प्रहरीकाे “चाेरी नियन्त्रण याेजना” काे प्रभाव, चाेरीकाे आराेपमा ३ जना प्रहरी नियन्त्रणमा

 काेहलपुर प्रहरीले चाेरी नियन्त्रण याेजना लागू गरेपछि केही मात्रामा भएपनि सफलता हात पारेकाे जनाएकाे छ।
इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि.एस.पि. रविन्द्र खनालले याेजना लागुभएपछि आंशिक रुपमा भएपनि सफलता हात परेकाे दाबी गरे।
प्रहरीले यही चैत्र २५ गते जानकी गाउपालिकामा रहेकाे श्याम राेडा उधाेगबाट माेवाइल तथा गमला उधाेगबाट पानी तान्ने माेटर,फलामका पाइप लगायतका सामाग्री चाेरी गरेकाे अाराेपमा नेपालगन्ज वडा न २० बस्ने सुकई बर्मा र जानकी ६ बस्ने राजकुमार भण्डारीलाई यही चैत्र २८ गते मनिकापुरबाट पक्राउ गरि अनुसन्धान भइरहेकाे जानकारी दिए।
यसैगरी यही चैत्र १३ गते राति गनापुरमा रहेकाे एम एस कन्ट्रक्सनमा पार्किङ गरि राखेका क्रेन र जेसिभिका ४ थान ब्याट्री चाेरी गर्ने नेपालगन्ज १९ बस्ने अन्सार अलि साईलाई जानकी ६ न वडा बाट २ थान ब्याट्री सहित नियन्त्रणमा लिई अनुसन्धान भैरहेकाे डि.एस.पि. खनालले दैनिक उज्यालोलाई जानकारी दिए।
काेहलपुर क्षेत्रमा दिनानुदिन चाेरीका घटना बढ्न थालेपछि इलाका प्रहरी कार्यालय काेहलपुरले ‘ चाेरी नियन्त्रण याेजना’ लागु गरेकाे थियाे।

सम्बन्धित समाचार